जेष्ठ नागरिक दिवा सेवा तथा मिलन केन्द्रलाई ग्याँस चुल्हो प्रदान

काठमाडौं : ओखलढुंगाको जेष्ठ नागरिक दिवा सेवा तथा मिलन केन्द्रलाई ग्याँस चुल्हो, फिल्टर र प्लेट प्रदान गरिएको छ । सिद्धिचरण नगरपालिका-११ निवासी आमा प्रेमकुमारी श्रेष्ठको ८४ औँ जन्मदिनको अवसरमा उनका छोराहरुले केन्द्रलाई उक्त सामाग्रीहरु प्रदान गरेका हुन् ।

बिहीबार बिहान एक कार्यक्रमबीच सामाग्री हस्तान्तरण गरिएको थियो । आफ्नो आमाबुवा जस्तै जेष्ठ नागरिकलाई केन्द्रमा आउँदा तातोपानी र चिया पकाएर खान सहज होस भन्ने उद्धेश्यले आमाको जन्मदिनको अवसरमा १५ हजार बराबरको ग्याँस चुल्लो वितरण गरेको छोरा केन्द्र श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा सिद्धिचण नगरपालिकाका मेयर तेजेन्द्र खनालले नगरपालिकाको अघिल्लो सरकारले सुरु गरेको जेष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना जस्तै राम्रा कामलाई निरन्तरता दिँदै थप प्रभावकारी बनाउने जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार