जिल्ला अस्पताल रुम्जाटारको कुपोषण न्यूनिकरण कार्यक्रम प्रभावकारी बन्दै

काठमाडौं : ओखलढुंगामा पछिल्लो समय कुपोषण न्यूनिकरणका लागि जिल्ला अस्पताल रुम्जाटारको पोषण पुर्नस्थापना गृह प्रभावकारी बन्दै गएको छ । कार्यक्रम संयोजक एलिना शर्माले कुपोषित बालबालिकाको उपचार एवं स्याहार-सुसारका लागि स्थापना भएको पोषण पुर्नस्थापना गृहबाट हालसम्म एक सय भन्दा बढी सेवाग्राहीहरुले सेवा लिएको जानकारी दिइन् ।

उनका अनुसार पुर्नस्थापना गृहले डेढ वर्षदेखि बालबालिकालाई कुपोषणका कारण हुने बौद्धिक तथा शारीरिक अपांगताको सिकारबाट बचाउने तथा जटिल रोग लाग्नबाट जोगाउनका लागि सेवा प्रदान गर्दै आएको छ ।

कुपोषणले ग्रस्त भएका जन्मेदेखि ५ वर्षमुनिका बालबालिकालाई राखेर आवश्यक निःशुल्क स्वास्थ्य उपचारका साथै सन्तुलित आहारको व्यवस्था मिलाउँदै आएको उनको भनाइ छ ।

निम्न आय भएकाहरुलाई आउन जानको लागि गाडीभाडा समेत अस्पतालले नै दिने गरेको साथै कुपोषण भएका बालबालिकाको उपचार सफल भएर स्वास्थ्यलाभ गरेको, निःशुल्क रुपमा सुलभ र प्रभावकारी सेवाका कारण सेवा लिनेको संख्या दिन दिनै बढिरहेको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार