एन्फाको महासचिवमा राई र कोषाध्यक्षमा जोशी मनोनित

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)को महासचिवमा किरण राई र कोषाध्यक्षमा रवीन्द्र जोशी मनोनित भएका छन् ।

बुधबार एन्फाका अध्यक्ष पंकज नेम्वाङ नेतृत्वको कार्यसमिति बसेको बैठकले राईलाई महासचिव र जोशीलाई कोषाध्यक्षमा मनोनित गरेको हो ।

मंगलबार एन्फाको नयाँ अध्यक्षमा पंकज निर्वाचित भएका थिए । राई अघिल्लो कार्यसमितिको प्रवक्ता थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार