नागरिकता विधेयक अगाडि बढाउने सत्तारुढ पाँच दलीय गठबन्धनको निर्णय

काठमाडौं : सत्तारुढ पाँच दलीय गठबन्धनले नागरिकता विधेयकलाई अगाडि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको गठबन्धन बैठकमा यस्तो निर्णय भएको हो ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता विधेयकलाई अगाडि बढाउने प्रस्ताव गरेको जानकारी दिए ।

उनका अनुसार कतिपय नागरिकले बाबुआमा नेपाली नागरिक भए पनि नागरिकता विहीन हुनुपरेको भन्दै नागरिकताको समस्यालाई समाधान गर्न सरकार अघि बढेको हो । उनले आज बसको बैठकमा शान्ति प्रक्रियालाई चाँडै निष्कर्षमा पुर्‍याउनका लागि पनि छलफल भएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार