काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं : काठमाडौं महानगरपालिकाको आव २०७९/८० को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । बुधबार बसेको नगरसभा ११ औं अधिवेशनको दोस्रो बैठकले नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको हो ।

नगर प्रमुख बालेन साहले पेश गरेको नीति तथा कार्यक्रममाथि नगरसभा सदस्यले महत्वपूर्ण सुझाव दिएका थिए । नगरसभा सदस्यका सुझावलाई समेटेर नीति तथा कार्यक्रम संशोधनसहित पारित गर्ने भन्दै प्रमुख साहले गरेको प्रस्ताव सर्वसम्मत अनुमोदन भएको हो ।

सोही नीति तथा कार्यक्रमका आधारमा अब महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आगामी असार १० गते बजेट पेश गर्नेछिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार