कारागारमा कैदी युवाको मृत्यु

काठमाडौं : मकवानपुरको भीमफेदी कारगारमा कैद भुक्तान गरिरहेका एक कैदी युवाको मृत्यु भएको छ । लागुऔषध मुद्दामा उक्त कारागारमा तीन वर्षदेखि कैद भुक्तान गरिरहेका हेटौँडा-२ का ३४ वर्षीय मिलन परियारको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार परियारलाई हिजो (मंगलबार) एक्कासी छाती पोल्ने र दुख्ने भएपछि प्राथमिक स्वास्थ्य चौकी भीमफेदीमा उपचारका लागि लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई स्वास्थ्य चौकीले हेटौँडा अस्पताल रिफर गरेको थियो ।

उपचारको लागि हेटौँडा अस्पताल ल्याउने क्रममा नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको पोष्टमार्टम नभएकाले हालसम्म के कारणले मृत्यु भएको हो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार