काठमाडौं : जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरको जीप सुर्खेतको कपासेमा दुर्घटना भएको छ । बुधबार दिउँसो गोढीकाँडाबाट वीरेन्द्रनगर आउँदै बा १ झ ८७८४ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो ।
गाडी सडकबाट २० मिटर तल खसेको थियो । उक्त जीपमा ५ जना सवार रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी सुरज कार्कीका अनुसार चार जना घाइते र एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिमका २८ वर्षीय धर्मराज बुढाथोकी रहेको उनले जानकारी दिए ।
ब्रेक फेल भएर जीप दुर्घटना भएको हुन सक्ने उनकाे अनुमान छ ।