मंगलबार नेप्से परिसूचक ३९.९३ अंकले वृद्धि

काठमाडौं  : पछिल्लो समय तीन हप्ता लगातार रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक वृद्धि भएको छ । मंगलवार नेप्से परिसूचक ३९.९३ अंक बढेर १९२४.७४ बिन्दुमा पुगेको हो ।

सेन्सेटिभ इण्डेक्स ८.९ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.६८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.९२ अंकले बढेको छ ।

मंगलवार कारोबारमा आएका २३१ कम्पनीको ३७ लाख ६५ हजार कित्ता शेयर १ अर्ब २५ करोड ३७ लाख ५७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । त्यस्तै,नेप्से परिसूचक वृद्धि भएपनि मंगलवार कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा केही घटेको छ ।

अघिल्लो कारोबार दिन १ अर्ब ७५ करोडको शेयर कारोबार भएको थियो भने आज नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको बताइएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार