एसिसी महिला टी-२० च्याम्पियनसिप : हङकङसँग नेपाल पराजित

काठमाडौं : नेपाली राष्ट्रिय महिला टिमले मलेसियामा जारी एसिसी महिला टी–२० च्याम्पियनसिपको आफ्नो चौथो तथा समूह चरणको अन्तिम खेलमा हार बेहोरेको छ ।

हङकङसँग नेपाल ७ विकेटले पराजित भएको हो । नेपाल पराजित भएसँगै सेमिफाइनलमा प्रतियोगितामा उपाधिको दाबेदार मानिएको बलियो प्रतिस्पर्धी युएईविरुद्ध नेपाल प्रतिस्पर्धा गर्ने तय भएको छ ।

हङकङविरुद्ध पहिलो ब्याटिङ गर्दै नेपालले ११० रनको लक्ष्य दिएको थियो । जवाफमा हङकङले १५ ओभर ५ बलमा ३ विकेट गुमाउँदै जित हासिल गर्‍यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार