रवि लामिछानेले घोषणा गरे ‘राष्ट्रिय स्वतन्त्र पार्टी’,दल दर्ता गर्न पुगे आयोग

काठमाण्डौं : सञ्चारकर्म छाडेर रवि लामिछाने नयाँ पार्टी घोषणा गरेका छन् । उनले आज राष्ट्रिय सभा गृहमा पत्रकार सम्मेलन गरि ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका हुन् ।

उनले पार्टी घोषणा गरेपछि दर्ताका लागि निर्वाचन आयोग पुगेका छन् ।

आफ्ना समर्थकका साथ उनी आयोग कार्यालय पुगेका हुन् । लामिछानेले पार्टीको चुनाव चिन्ह घन्टी प्रस्ताव गरेका छन् ।

उनले आफू व्यवस्था बदल्न नभई नेपाली जनताको अवस्था परिवर्तन गर्न राजनीतिमा होमिएको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार