सरकारले एसपिपीमा सामेल नहुने पत्र अमेरिकालाई पठाउँदै

काठमाडौं : सरकारले अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी)मा सहभागी नहुने जानकारीसहितको लिखित पत्र अमेरिकालाई पठाउने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसपिपीमा सहभागी नहुने भनी अमेरिका सरकारलाई जानकारी गराउन पत्र पठाउने निर्णय गरेको शिक्षामन्त्री देवेन्द्र पौडेलले जानकारी दिए ।

संघीय संसद प्रतिनिधिसभा अन्तराष्ट्रिय सम्बन्ध समितिले गत शुक्रबार एसपीपीमा नेपाल संलग्न नहुने कुरा स्पष्ट रुपमा औपचारिक ढंगले अमेरिकालाई पत्र पठाउन निर्देशन दिएको थियो । संसदमा यसको व्यापक विरोध भएपछि यसमा सामेल हुनबाट सरकार पछि हटेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार