काठमाडौं : सरकारले इन्धनको मूल्य वृद्धि गरेसँगै हवाई भाडासमेत बढेको छ। नेपाल वायु सेवा सञ्चालक संघले आगामी बिहानदेखि लागू हुने गरी भाडा वृद्धि गरेको संघका प्रवक्ता योगराज कडेल शर्माले जानकारी दिए ।
उनका अनुसार संघले आन्तरिक हवाई उडानको इन्धन चार्ज कम्तीमा १७० देखि बढीमा ८४० रूपैयाँ वृद्धि भएको छ ।
बढेको मूल्य सूचीअनुसार सबैभन्दा बढी काठमाडौँ–धनगढी रुटमा ८४० रूपैयाँले हवाई भाडा वृद्धि भएको छ भने सो रुटमा हवाई सेवा लिन अधिकतम १६ हजार ८०५ रूपैयाँ तिर्नुपर्ने उनले जानकारी दिए । त्यस्तै,सबैभन्दा थोरै काठमाडौं-सिमरा रुटमा भाडा १७० रूपैयाँले बढेर अधिकतम ४ हजार १९५ रूपैयाँ पुगेको छ ।