आठ वटा विद्युतीय बस खरिद गर्ने ललितपुर महानगरपालिकाकाे तयारी

काठमाडौं : ललितपुर महानगरपालिकाले ८ वटा विद्युतीय बस खरिद गर्ने भएको छ । सोमबार ललितपुर महानगर प्रहरीले आयोजना गरेको कार्यक्रममा महानगरका मेयर चिरिबाबु महर्जनले ८ वटा विद्युतीय बस खरिदको योजनाअघि सारिसकेको जानकारी दिए ।

उनका अनुसार चार वटा बस तत्काल खरिद गर्ने तयारी छ । बाँकी चारवटा केही समयपछि खरिद गर्ने उनको भनाइ छ ।

पाटनको महाबौद्ध, लगनखेल, कुमारीपाटी, जावलाखेल, पुल्चोकलगायतका रुटमा ती बस चल्ने महानगरपालिकाले जनाएको छ । उनले भने,‘यी बस पर्यटकीय रुटमा गुड्नेछन्, यद्यपि पर्यटकबाहेक अन्य यात्रु पनि ती बसमा चढ्न पाउनेछन्। ’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार