सभामुख सापकोटाको निर्देशन : पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे सत्य-तथ्य विवरण सदनमा बुझाउनू

काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा प्रमुख विपक्षी नेकपा एमालेले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे सरकारसँग जवाफ मागेपछि सापकोटाले मूल्यवृद्धिबारे सत्य-तथ्य सदनसमक्ष पेश गर्न निर्देशन दिएका हुन् ।

उनले भने,‘माननीय सदस्यहरुले उठाउनुभएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विषयमा मेरो पनि ध्यानाकर्षण भएको छ,सरकारको पनि ध्यानाकर्षण गराउन चाहन्छु,यस विषयमा सरकारलाई सत्य तथ्य सदनसमक्ष पेश गर्न निर्देश गर्दछु ।’

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढाएको छ। निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर समान २७ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।

यही मूल्यवृद्धिका कारण यातायात व्यवस्था विभागले सार्वजनिक गाडीको भाडा पनि बढाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार