छिटै ग्याँसमा दुईथरि मूल्य तोक्छौं : निगमका कार्यकारी निर्देशक थानी

काठमाडौं : नेपाल आयल निगमले खाना पकाउने ग्याँसमा छिटै दुईथरि मूल्य तोक्ने बताएको छ ।

सोमबार इन्धनमा भएको मूल्यवृद्धिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले ग्यासमा घरायसी र औद्योगिक प्रयोजनका लागि अलग-अलग मूल्य तोक्ने बताएका हुन् ।

उनले दोहोरो मूल्यबारे अध्ययन गर्न गुणस्तर तथा नापतौलका महानिर्देशक नेतृत्वको टोलीले काम गरिरहेको बताए ।

उनले भने,‘हामी एकदमै चाँडो ग्याँसको दोहोरो मूल्यमा जान्छौं, दोहोरो मूल्य गरेर औद्योगिक प्रयोजनमा परल मूल्यमा जाने र घरायसी प्रयोजनमा सहुलियत दिने छौँ ।’ उनका अनुसार औद्योगिक प्रयोजन र घरायसी प्रयोजनको ग्याँस सिलिन्डर चिन्न सिलिन्डरको आकार, ग्याँसको गन्ध र सिलिन्डरको रङ पनि फरक बनाइने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार