नेपाली कांग्रेस सुनकोसी ८ का सभापति थापाको निधन

ओखलढुंगा : नेपाली कांग्रेस सुनकोसी-८ का सभापति प्रेम बहादुर थापाको निधन भएको छ ।

गत ज्येठ १० गते ओखलढुंगाबाट च्यानम आउने क्रममा गाडीको छतबाट खसेर सामान्य घाइते भएका थापालाई ११ गते उपचारका लागि काठमाडौं ल्याइएको थियो ।

महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भेन्टिलेटरमा उपचार गराइरहेका थापाको आज विहान सात बजे निधन भएको सुनकोसी गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारीले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार