खिजीदेम्बा गाउँपालिकाले ‘सौर्य उर्जा कार्यक्रम’ लाई निरन्तरता दिने

ओखलढुंगा : खिजीदेम्बा गाउँपालिकाले विपन्न लक्षित सौर्य उर्जा उज्यालो कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ । अघिल्लो जनप्रतिनिधिले छनौट गरेको आधारमा वडागत रुपमा सौर्य उर्जा वितरण भएपनि जनगुनासोहरु आएपछि कार्यक्रमलाई निरन्तरता दिन लागिएको गाउँपालिकाले जनाएको हो ।

प्रत्येक वडामा ५५ थानका दरले विपन्न र विद्युतीकरण नभएका घरपरिवारलाई गाउँपालिकाको सिफारिसमा प्रदेश सरकारले सौर्य उर्जा सोलार वितरण गरेको थियो । सोलार वितरण प्रणाली समावेशी नभएको, धेरै घरपरिवार छुटेको जस्ता गुनासाहरु आएको बताउँदै अघिल्लो जनप्रतिनिधिले कुन मापदण्ड अपनाएर छनौट गरेको भन्ने विषयमा अध्ययन भइरहेको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

छुटेका घरपरिवारलाई पुनः वितरणका लागि प्रक्रिया अघि बढाएको बताउँदै अध्यक्ष शेर्पाले ठूला उद्योग तथा कलकारखाना सञ्चालनका लागि भने केन्द्रीय प्रसारण लाइन विस्तारका लागि काम भइरहेको प्रष्ट पारेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार