नर्मदेश्वर माविको नेतृत्वमा सुनुवार चयन

ओखलढुंगा : जिल्लाको खिजीदेम्बा-१ रगनीस्थित नर्मदेश्वर माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठन भएको छ । निर्मल सुनुवारको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन भएको हो ।

पदावधि बाँकी हुँदै विव्यस अध्यक्ष निर्मल श्रेष्ठ नेपाली कांग्रेसबाट वडा अध्यक्षको उम्मेदवार बनेपछि विद्यालय व्यवस्थापन समिति विहिन भएको थियो । खिजीदेम्बा गाउँपालिकाका शिक्षा शाखाको प्रतिनिधिको रोहबरमा भएको अभिभावक भेलाले सुनुवारको नेतृत्वमा नयाँ समिति चयन गरेको वडा अध्यक्ष कुमार सुनुवारले जानकारी दिए ।

नवगठीत समितिका अध्यक्ष सुनुवार जनता समाजवादी पार्टी निकट समाजवादी निर्माण श्रमिक संघका केन्द्रीय सचिव समेत हुन् । वडा अध्यक्ष पराजित भएसँगै निवर्तमान अध्यक्ष श्रेष्ठले व्यवस्थापन समितिको नेतृत्व लिन खोजेपनि अभिभावकहरुले अस्वीकार भएपछि नयाँ समिति गठन भएको थियो । विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठनको तयारी सहित आफू अघि बढ्ने नवनिर्वाचित अध्यक्ष सुनुवारको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार