काठमाडौंमा हैजाका बिरामी भेटिएको पुष्टि,सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं : काठमाडौंमा हैजाको विरामी भेटिएको पुष्टि भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा २ जेठमा भर्ना भएका दुई जना विरामीमा हैजा रोग पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १८ र २३ वर्षका उनीहरु काठमाडौं महानगरपालिका–२८ बागबजारमा बसोबास गर्दै आएका एउटै परिवारका सदस्य हुन् ।

उनीहरुको टेकुमै उपचार भइरहेको मन्त्रालयले जनाएको छ । त्यस्तै,मन्त्रालयले गर्मी तथा वर्षायाममा झाडापखाला, हैजा तथा पानीजज्य रोगहरु फैलिने भएकाले सतर्क रहन सबैलाई आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार