यो व्यवस्थालाई असफल पारेर राजा ल्याउने खतरनाक षड्यन्त्र भइरहेको छ : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिगमनकारीहरुले अहिलेको व्यवस्थालाई असफल पारेर राजा ल्याउने षड्यन्त्र गरिरहेको बताएका छन् । काठमाडौमा सम्पादकहरूसँगको आइतबार भएको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले कुनै हालतमा आफूहरु प्रतिगमन हुन दिने पक्षमा नरहेको बताए । उनले भने,‘प्रतिगमन हुन दिन्नौँ, प्रतिगमनको पहिलो कुरा राजालाई ल्याउने खतरनाक षडयन्त्र चलिरहेको छ, यो किमार्थ सम्भव छैन ।’

उनका अनुसार कतिपय व्यक्तिहरुले राजाको शासन आएपछि देश राम्रो हुन्छ भनेर भनिरहेका छन् । ‘तर,राजाले देश कसरी चलाएका थिए भन्ने हामीलाई राम्रोसँग थाहा छ,’उनले भने ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार