आइतबार ३७.२७ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकले गिरावट आएको छ ।

आइतबार नेप्से सूचक ३७.२७ अंकले घटेर १९३४.११ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.२९ अंक घटेको छ । फ्लोट इण्डेक्स २.५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.५२ अंकले घटेको छ । पछिल्लो दुई सातादेखि नेप्से परिसूचक निरन्तर रुपमा गिरावट हुँदै आएको छ ।

आज कारोबारमा आएका २२३ कम्पनीको ३६ लाख ६६ हजार ८९१ कित्ता शेयर १ अर्ब १३ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका १३ वटै उपसमूह राताम्मे भएको छ । जसमा सबैभन्दा धेरै हाइड्रोपावर उपसमूहको सूचक ३.८५ प्रतिशतले घटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार