विद्यासुन्दरले भत्काउन खोजेको ऐतिहासिक बागदरबार अब ‘रेट्रोफिट’ हुने

काठमाडौं : काठमाडौं महानगरपालिकाले हरिभवन (बागदरबार)को प्रवलीकरण (रेट्रोफिट) गर्ने भएको छ । आइतबार महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बागदरबारको प्रवलीकरणको लागि आवश्यक व्यवस्था गरेको बताएका हुन् ।

यसअघि तत्काललीन मेयर विद्यासुन्दर शाक्यले बागदरबार भत्काउने अडान लिएपछि धेरै विवाद उत्पन्न भएको थियो ।

सम्पदा संरक्षण अभियन्ताहरुले ऐतिहासिक बागदरबार भत्काउन नमिल्ने भन्दै शाक्यविरुद्ध उत्रिएका थिए । उनको बागदरबार भत्काउने निर्णय सर्वोच्च अदालतले रोकेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार