दुबईका राजकुमारले मेडिकल व्यवसायी प्रसाईंलाई दिए सुनको लौरो उपहार

काठमाडौं : ३ दिने नेपाल भ्रमणमा आएका दुबईका राजकुमार जुमा अल मोक्तुमले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई सुनको लौरो उपहार दिएका छन् । श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत झापाको चन्द्रगढी विमानस्थल अवतरण गरेका राजकुमारले प्रसाईलाई शनिबार सुनको लौरो हस्तान्तरण गरेका हुन् ।

प्रसाईले राजकुमार मोक्तुमलाई विमानस्थलमा स्वागत गरेका थिए। बिर्तामोडमा रहेको बिएण्डसी तथा पूर्वाञ्चल क्यानसर अस्पतालको अवलोकनका लागि पुगेका राजकुमार झापामा २ दिन बस्ने कार्यक्रम छ ।

प्रसाईको निमन्त्रणामा राजकुमार नेपाल आएको अस्पतालको सूचना शाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार