एसीसी महिला टीट्वान्टी च्याम्पियनसिप : नेपालको लगातार दोस्रो जित

काठमाडौं : मलेसियामा जारी एसीसी महिला टी ट्वान्टी च्याम्पियनसिपमा नेपालले कुवेतमाथि जित निकालेको छ । शनिबार कुवेतलाई २५ रनले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

किनरारा ओभलमा नेपालले दिएको १०८ रनको लक्ष्य पछ्याएको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर मात्र ८२ रन बनाउन सक्यो ।

त्यस्तै,कुवेतका लागि प्रियादा मुरालीले ३१ रनको योगदान गरिन् । मारिमा हेदरले १५ तथा कप्तान आम्ना तारिकले १४ रन बनाइन् । बलिङतर्फ नेपालका लागि सीता रानामगरले दुई विकेट लिइन् । त्यस्तै अश्मिना कर्माचार्य, संगीता राई र इन्दु वर्माले एक एक विकेट लिइन् ।

नेपालले यो जितसँगै २ खेलमा ४ अंक जोडेको छ । अब नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्ने तालिका तय भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार