चलचित्र ‘म’ को टिजर सार्वजनिक

काठमाडौं : नेपाली चलचित्र ‘म’ को टिजर सार्वजनिक भएको छ । कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको पहिलो उक्त चलचित्रको टिजर कलेजका विधार्थी र कलाकारहरूबीच सार्वजनिक गरिएको हो ।

आगामी साउन २० गते यो चलचित्र प्रदर्शन हुने मिति तोकिएको छ । चलचित्रको टिजरमा मुख्य कलाकारहरू निराजन प्रधान, सरोज खनाल, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ र संजोग रसाइलीलाई देखाइएको छ ।

कान्तिपुर फिल्म एकेडेमीका सिइओ समेत रहेका प्रकाश पुरीको कथा तथा पटकथा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार