दोस्रो विश्वयुद्ध पछि अहिलेसम्मकै धेरै बालबालिका विस्थापित

एजेन्सी : विश्वभर विस्थापित बालबालिकाको सङ्ख्या दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा धेरै भएको पाइएको छ । संयुक्त राष्ट्रसंघीय निकाय, संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ)ले अहिले विस्थापित बालबालिकाको संख्या तीन करोड ३० लाख ५० हजार पुगेको जनाएको छ ।

यो सङ्ख्या गत वर्ष सन् २०२१ को अन्त्य तिरको भएको पनि राष्ट्रसंघीय अधिकारीहरूले शुक्रबार जनाएका छन् । विषेश गरी विभिन्न देशमा भइरहेको द्वन्द्वका कारण उनीहरू विस्थापित भएको पनि अध्ययनले देखाएको छ ।

‘दोस्रो विश्वयुद्ध पछि एकै पटकमा यति धेरै बालबालिकाहरू विस्थापित भएको अहिले पहिलो पटक हो,’ युनिसेफद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

अघिल्लो वर्षको तुलनामा विस्थापितको सङ्ख्या २२ लाख बढी देखिएको छ । जलवायु परिवर्तन र वातावरणीय समस्याका कारण बाढी पहिरो आउने र त्यसका कारण उनीहरू विस्थापित हुनुपरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसैगरी रूस-यूक्रेन युद्धको असर विश्वभरी परेको र त्यसको असर बालबालिकाहरूमा परेको पनि यूनिसेफले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार