एसपीपीको विषयमा संसदमा जसले हंगामा गरे, उसैको संलग्नता छ : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेकपा एमालेको भूमिका रहेको आरोप लगाएका छन् । शनिबार पार्टीको युवा विशेष जिल्ला कमिटीको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘एउटा कागज आयो नेपाली सेनाका प्रमुखले हस्ताक्षर गरेको,’उनले भने,‘कसको सरकारका पालामा भयो भन्ने अन्योल भयो, खोज्दै जाँदा संसदमा जसले आवाज उठाएका थिए, जोडदार हंगामा मच्चाएका थिए,त्यहीँ पार्टी जोडिएको कुरा आयो ।’

त्यस्तै,उनले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापतिसँग कुरा गर्दा एसपीपी अगाडि नबढ्ने विषय पक्कापक्की भइसकेको उनले जानकारी पनि दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार