आगामी चुनावसम्मै गठबन्धन रहन्छ : गृहमन्त्री खाँण

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान गठबन्धनको सरकार संघीय निर्वाचनसम्म नै कायम रहने दाबी गरेका छन् ।

राष्ट्रिय भूमि आयोगले जिल्ला समितिका पदाधिकारीहरुलाई आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खाँणले गठबन्धन प्रदेश र संघको निर्वाचनसम्म नै कायम रहने दाबी गरेका हुन् ।

मन्त्री खाँणले आयोगलाई गफ कम गरी परिणाम देखिनेगरी काम गर्न पनि निर्देशन दिएका छन् । उनले काम गर्ने क्रममा सुरक्षाको ग्यारेन्टी सरकारले लिने भन्दै ढुक्क भएर काम गर्नसमेत आग्रह गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार