घरमै सुतेका वडाध्यक्ष मृत भेटिए

काठमाडौं : जाजरकोट कुशे गाउँपालिका वडा-७ का वडाध्यक्ष मनबहादुर घर्तीको मृत्यु भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत्यु भएको अवस्थामा भेटिएको बताए ।

मृतक घर्तीले भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट चुनाव जितेका थिए ।

प्रहरीले घरमै सुतिरहेको अवस्थामा कसरी मृत्यु भयो भन्ने बारेमा अनुसन्धान जारी रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार