ओखलढुंगामा ६ महिनाको अवधिमा ३० घटना,३१ जना पीडित

ओखलढुंगा :  जिल्लामा विगत ६ महिनाको अवधिमा ३० वटा घटनामा ३१ जना पीडित बनेको पाइएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र (ईन्सेक) को अर्धवार्षिक समिक्षा कार्यक्रममा उक्त विवरण सार्वजनिक गरिएको हो ।

जसमध्ये हत्याको घटनामा १, १ जना पुरुष र बालिका, घरेलु हिंसाका घटनामा १ जना पुरुष र १० जना महिला पीडित बनेका छन् । त्यस्तै, बलात्कारको घटनामा २ महिला र ५ बालिका, बलात्कार प्रयासको घटनामा ६ बालिका पीडित बनेको तथ्यांकमा उल्लेख छ । नागरिक तथा राजनीतिक अधिकार घटनामा ५ पुरुष पीडित बनेको ईन्सेक ओखलढुंगाका प्रतिनिधि सरस्वती बानियाले जानकारी दिइन् ।

सरोकारवालाहरुको उपस्थितिमा भएको समिक्षा कार्यक्रममा सिद्धिचरण नगरपालिका प्रमुख तेजन खनालले  प्रजातान्त्रिक मूलुकमा पनि मानव अधिकार हननका  घटनाहरु घट्नु आश्चार्य भएको बताउँदै यस्ता प्रकृतिको घटनामा स्थानीय सरकार गम्भिर हुन जरुरी रहेको बताए । कतिपय अवस्थामा पीडित र पीडकको सहमतिमै घटनाहरु हुने गरे पनि आपसी मनमुटावपछि घटनाहरु बाहिरिने गरेको खनालको भनाइ छ ।

पीडकलाई सजाय र पीडितलाई न्याय दिने काम भएता पनि, घटना नै हुन नदिन सचेतामूलक कार्यक्रमहरु गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको भनाइ छ । प्रजिअ तामाङले स्थानीय सरकार जिम्मेवार भएर मानव अधिकार हनन्का घटनाहरु न्यूनिकरणका लागि प्रयास गर्नुपर्ने, सञ्चारमाध्यम तथा विभिन्न संघ सस्ंथालाई सचेतनामूलक कार्यक्रम आयोजना गर्न जरुरी रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार