स्वास्थ्य बिमा रोक्दै टिचिङ अस्पताल

काठमाडौं : सरकारले पैसा नदिएको भन्दै त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम स्थगित गर्ने भएको छ । यही असार १७ गतेदेखि अर्को सूचना नभएसम्मका लागि अस्पतालबाट सञ्चालित स्वास्थ्य बिमा कार्यक्रम स्थगित गरिएको कार्यकारी निर्देशन प्राडा दिनेश काफ्लेले जानकारी दिए ।

स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत बिमितको उपचार गरेबापतको दिनुपर्ने रकम हालसम्म नदिएकाले सेवा स्थगित गरेको अस्पतालले जनाएको छ । सरकारले अस्पताललाई हालसम्म ८ करोडभन्दा बढी रूपैयाँ दिन बाँकी रहेको अस्पतालका प्रवक्ता रामविक्रम अधिकारीले जानकारी दिए ।

उनले बिमा बोर्डसँगको छलफलबाट पनि रकम नआउने अवस्था देखिएपछि अन्य नियमित बिरामीको उपचारमा प्रभाव परेकाले सेवा स्थगित गर्न लागिएको अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार