सरकारलाई समितिको निर्देशन : एसपीपीमा सहभागी हुन्नौँ भनेर अमेरिकालाई स्पष्ट पत्र पठाउनू

काठमाडौं : संघीय संसद प्रतिनिधिसभा अन्तराष्ट्रिय सम्बन्ध समितिले अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी)मा नेपाल संलग्न नहुने कुरा स्पष्ट रुपमा औपचारिक ढंगले अमेरिकालाई पत्र पठाउन निर्देशन दिएको छ । सरोकारवालासँगको छलफलपछि समितिले शुक्रबार नेपाल सरकार र परराष्ट्र मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो ।

समितिले भनेको छ,‘हालै एसपीपीमा नेपालको संलग्नता सम्बन्धमा सार्वजनिक भएका कुराहरु एवं विवादास्पद विषयमा सरकारको औपचारिक धारणा निर्णयको रुपमा आउनुपर्छ,एसपीपी अमेरिकी हिन्द प्रशान्त रणनीतिको हिस्साको रुपमा रहेको तथ्य संयुक्त राज्य अमेरिका सरकारद्वारा प्रकाशित रणनीतिक प्रतिवेदनमा उल्लेख भएकाले उक्त कार्यक्रममा अब उप्रान्त नेपाल संलग्न नहुने कुरा स्पष्ट रुपमा औपचारिक किसिमले अमेरिकालाई अवगत गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई निर्देशन दिने ।’

परराष्ट्रमन्त्री डा.नारायण खड्का, प्रधान सेनापति प्रभुराम शर्मा, रक्षा मन्त्रालयका सचिव किरण शर्मा लगायतसँग एसपीपीबारे छलफल गरेपछि समितिले यस्तो निर्देश गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार