असार मसान्तभित्र एसइईको नतिजा प्रकाशन गर्ने तयारी

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले यही असार मसान्तभित्र माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित गर्नेगरि तयारी थालेको छ । यही वर्ष लिइएको परीक्षाको उत्तरपुस्तिका अहिले धमाधम जाच्ने काम भइरहेको बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए ।

कोभिड महामारीका कारण रोकिएको दुई वर्षपछि बोर्डले भौतिक उपस्थितिमा परीक्षा लिएको हो । एसइई परीक्षा गत वैशाख ९ गतेदेखि बोर्डले भौतिक उपस्थितिमै लिएको थियो ।

करिब ५ लाख विद्यार्थीले परीक्षा दिएको बोर्डले जनाएको छ । उनले भने,‘अहिले उत्तरपुस्तिक परीक्षणको काम भइरहेको छ,नतिजा यही असार मसान्तसम्ममा प्रकाशित गर्ने हाम्रो लक्ष्य छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार