नाराणस्थान माविमा लगाएको ताला तोडियो

ओखलढुंगा : जिल्लाको सिद्धिचरण नगरपालिका-३ स्थित नाराणस्थान माविका प्रधानाध्यापकको कार्यकक्षमा रहेको दराजको ताला तोडिएको छ । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाको रोहबरमा विद्यालयको ताला खोलिएको हो ।

गत जेठ ३० गते १२ बर्षीया बालिका बलात्कार अभियोगमा प्रधानाध्यापक पूणर्प्रसाद फुँयाल (प्रकाश) पक्राउ परेपछि विद्यालयको दैनिक प्रशासन सञ्चालन गर्न असहज भएपछि ताला तोडिएको वडा अध्यक्ष सिताराम दाहालले जानकारी दिए । आर्थिक कारोबार लगायत दैनिक प्रशासनिक क्रियाकलाप सञ्चालन गर्न असहज भएकाले सिडियो कार्यालयको रोबरमा ताला खोलेको उनले बताए ।

अभिभावक र सरोकारवालाहरुको भेलाकाबीच विद्यालयको छाप, प्रशासनिक कागजात लगायत अन्य समाग्री ताला फोडेर निकालिएको हो । विद्यालयमा अध्ययनरत छात्रालाई जवरजस्ती करणी गरेको अभियोगमा प्रधानाध्यापक फुँयालसहित स्थानीय फडिन्द्र प्रसाद दाहाल, केशव भुजेल र डम्बर भुजेललाई प्रहरीले पक्राउ गरी थुनामा राखेर अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार