पत्र सार्वजनिक भएपछि संसदीय समितिले प्रधानसेनापतिलाई बोलायो छलफलमा

काठमाडौं : संसदीय समितिले प्रधानसेनापति प्रभुराम शर्मालाई छलफलका लागि बोलाएको छ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले (भोलि) शुक्रबार बिहान ९ बजे छलफलका लागि प्रधानसेनापति शर्मालाई बोलाएको जनाएको हो ।

नेपाली सेनाले अमेरिकाको नेसनल गार्डसँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का लागि पत्राचार गरेको विषय सार्वजनिक भएको छ । पत्र सार्वजनिक भएपछि राजनीतिमा अर्को मोड लिएको छ ।

अमेरिकी दूतावासले बुधबार नेपाल एसपीपीको अंग भइसकेको बताएको थियो । त्यसको केही घण्टापछि नेपाली सेनाले विज्ञप्ति जारी गर्दै कुनै पनि सैन्य गठबन्धनमा नरहेको जनाएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार