होटल छाडेर खेलाडी आफै गएका हैनन् : कप्तान श्रेष्ठ

काठमाडौं : राष्ट्रिय फुटबल टिमका नयाँ कप्तान नवयुग श्रेष्ठले खेलाडी प्रशिक्षक विवादका केही कुराको खुलासा गरेका छन् ।

एसिया कप छनोटको खेल सकेर नेपाल फर्किए लगत्तै त्रिभुवन विमानस्थलमा कप्तान श्रेष्ठले होटल छाडेर जाने निर्णयमा खेलाडीको गल्ती नभएको बताएका हुन् ।
उनले सञ्चारकर्मीसँग भने,‘होटल छाडेर जाने कुरामा खेलाडी आफै गएका हैनन्,प्रशिक्षकले खेलाडीलाई जान सक्छौ भने, यो चित्त बुझ्दो छैन ।’

एएफसी एसियन कप फुटबलको प्रशिक्षणमा रहेका खेलाडीहरुसँग विवाद भएपछि दश जना खेलाडी प्रशिक्षण छोडेर गएका थिए । खेलाडी प्रशिक्षक विवादमा गठन भएको छानविन समितिले एसिया कपपछि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीलाई हटाउँदै नयाँ प्रशिक्षक राख्न सुझाव दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार