सरकारले भन्यो : एसपिपीमा आबद्ध हुने सोच छैन,नेपाली भूमिको रक्षा गर्न प्रतिबद्ध छ

काठमाडौं : सरकारले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा नेपाल संलग्न नहुने बताएको छ । बिहिबार रक्षा मन्त्रालयको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाँणले यस्तो बताएका हुन् ।

‘स्टेट पार्टनरसीप प्रोग्राममा नेपाल संलग्न छैन र संलग्न हुने सोच पनि गरेका छैन,नेपाल सरकारको तर्फबाट निवेदन गर्न चाहन्छु, नेपालको कुनै संलग्नता छैन,’ उनले भने ।

उनले नेपाल कुनै पनि सैन्य गठबन्धनको हिस्सेदार बन्नै नसक्ने दाबी गरे । त्यस्तै, सञ्‍चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता गर्न कूटनीतिक प्रयास जारी रहेको बताएका छन् ।
उनले पनि अमेरिकाको स्टेट पार्टनरसिप पोग्राममा आबद्ध हुनका लागि सरकारले कुनै निर्णय नगरेको र निर्णय गर्ने सोचमा पनि नरहेको स्पष्ट पारे ।

उनले भने,‘प्रधानमन्त्रीज्यूको संयुक्त राज्य अमेरिकाको भ्रमणको सम्बन्धमा, नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएका मुलुकसँग उच्चस्तरीय द्विपक्षीय भ्रमणको आदानप्रदान हुने विषय अन्तरराष्ट्रिय सम्बन्धको स्वाभाविक प्रक्रिया हो, संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राममा आबद्ध हुने सम्बन्धमा नेपाल सरकारले कुनै निर्णय गरेको छैन,गर्ने सोच पनि राखेको छैन ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार