विवाहको उमेर घटाउने सरकारको तयारी

काठमाडौं : सरकारले विवाहको उमेर घटाउने तयारी गरेको छ । बुधबार संसदमा सांसदहरूले विवाहको उमेरबारे प्रश्न गरेपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले कानुनमा संशोधन गर्न प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिएका हुन् ।

प्रचलित कानुनअनुसार विवाहको उमेर २० लाई घटाएर १८ मा झार्ने सरकारको तयारी छ । ‘नागरिकले १६ वर्षमा नागरिकता पाउँछ, १८ वर्षमा भोट हाल्न पाउँछ, २० वर्षमा विवाह भन्ने कानुन छ, त्यसैले विवाहको उमेर १८ बनाउनेबारे अध्ययन भइरहेको छ,’उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार