राप्रपा ओखलढुंगाले प्रधानमन्त्री देउवालाई बुझायो १९ बुँदेमागसहित ज्ञापनपत्र

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी ओखलढुंगाले तत्काल किसानलाई मल, बिउ उपलब्ध गराउने लगायत १९ बुँदे मागसहितको ज्ञापन पत्र प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । बुधबार पार्टीले ज्ञापनपत्र बुझाएको हो ।

महँगी,कालोबजारी नियन्त्रण गर्न प्रभावकारी संरचना र नीति कायम गर्नुपर्ने माग ज्ञापनपत्रमा उल्लेख छ । पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्यबृद्धि रोक्नुपर्ने,इम्बोष्ट नम्बर प्लेट जडान खारेज गर्नुपर्ने लगायत माग ज्ञापनपत्रमा उल्लेख छ ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले आजै प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएर आगामी प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निश्पक्ष, धाँधलीरहित र विश्वसनीय वनाउनका लागि निश्पक्ष चुनावी सरकार गठन गर्न माग गरेको छ। यी मागहरु तत्काल पूरा नभए देशव्यापी जनसंघर्ष गर्ने राप्रपा ओखलढुंगाको चेतावनी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार