काठमाडौं : प्रदेश १ सरकारले ओखलढुंगामा यातायात कार्यालय भवन निर्माणका लागि बजेटको व्यवस्था गरेको छ । बुधबार प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
यातायात कार्यालयहरुले प्रवाह गर्नै सेवालाई व्यवस्थित र मर्यदित बनाउन अन्य विर्तामोड,बिराटनगर,उदयपुर,धनकुटामा पनि कार्यालय स्थापना गर्न आवश्यक बजेटको व्यवस्था गरेको बताए ।
प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँ बजेट प्रस्तुत गरेको छ ।