बालिकालाई जबरजस्तीकरणी गर्नेमाथि कडा कारबाही गर्न जसपा निकट विद्यार्थी संगठनको माग

लाक्पा जी शेर्पा

ओखलढुंगा : जनता समाजवादी पार्टी निकट विद्यार्थी संगठनले ओखलढुंगामा १२ वर्षीया बालिका बलात्कारको अभियोगमा प्रकाउ परेकाहरुलाई कडा कारबाही गर्न माग गरेको छ । दोषिहरुलाई कानून अनुसार कडा भन्दा कडा सजाय दिनलाई समाजवादी विद्यार्थी युनियनले माग गरेको हो ।

जसपा निकट विद्यार्थी संगठनका अध्यक्ष अरुण राईद्धारा हस्ताक्षर गरि जारी विज्ञप्तिमा घटनामा संलग्नमा पीडकहरुलाई कुनै पनि नाममा छुटकारा दिएमा वा राजनैतिक संरक्षण गर्ने दुष्प्रयास गरिए सशक्त प्रतिकार गर्ने उल्लेख छ ।

पछिल्ला समय देशभर महिला तथा बालिकाहरुमाथि जबरजस्ती करणी जस्तो जघन्य अपराधका घटनाहरुमा वृद्धि भएको उल्लेख गर्दै युनियनले नाबालिका र विद्यार्थीमाथि नै शिक्षकबाट हुने यौनजन्य घटनाले समाजको कुरुप अनुहारलाई उदाङ्गो बनाउँदै लगेको प्रष्ट छ भनिएको छ ।

यस्ता विकृति, विसंगती, यौन जन्य अपराधको न्यूनिकरणका लागि राज्यले खास रुपमा ध्यान दिन नसक्दा अपराधका घटनाहरु दिनानुदिन बढ्दो क्रममा रहेको विज्ञप्तिमा भनिएको छ । अपराध र अपराधीसँग कसैको साइनो नलाग्ने, त्यो कुनै पनि मूल्यमा अपराध नै हुने भएकाले स्वतन्त्र कानूनी संयन्त्रमार्फत् तत्काल पीडकहरुलाई कानूनी कारबाही र पीडितलाई उचित क्षतिपूर्ति दिलाउनु पर्नेसमेत युनियनले माग गरेको छ ।

बालबालिकाका लागि दोश्रो घरको रुपमा मानिने विद्यालयमा नै विद्यार्थीहरु शिक्षकहरुबाट असुरक्षित हुनु आफैमा विडम्बना भएको उल्लेख गर्दै घटनाले कोहीबाट कोही सुरक्षित नभएको तथा महिला र बालिकाहरु एक्लै हिड्डुल गर्न नसक्ने अवस्था सिर्जना भएको स्थिति देखिएकाले यसप्रति राज्यले तुरुन्त सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक रहेको युनियनले जनाएको छ ।

गत जेष्ठ ३० गते सिद्धिचरण नगरपालिका-३ स्थित नारायणस्थान मा.वि.का प्रधानाध्यापक पूर्णप्रसाद फुयाँल (प्रकाश), स्थानीयबासीहरु फणिन्द्र दाहाल, केशव भुजेल र डम्बर भुजेलले सोही विद्यालयमा अध्ययनरत १२ बर्षीया एक नाबालिका छात्रामाथि बारम्बार यौन शोषण, जवरजस्ती करणी गरेको घटना सार्वजनिक भएको थियो । घटनापछि प्रहरीले आरोपितहरुलाई पक्राउ गरी थुनामा राखेर अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार