दिगो विकास लक्ष्य हासिल गर्ने गरी योजना निर्माण गर्नू : उपाध्यक्ष पौडेल

ओखलढुंगा : राष्ट्रिय योजनाका उपाध्यक्ष डा. विश्वनाथ पौडलले दिगो विकास लक्ष्य हासिल गर्ने गरी जनप्रतिनिधिहरु अघि बढ्नुपर्नेमा जोड दिएका छन् । जिल्ला समन्वय समिति, ओखलढुंगामा आयोजित कार्यक्रममा उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन् ।

समृद्ध नेपाल निर्माण गर्दै आम नागरिकको आर्थिक, सामाजिक हैसियत उठाउनका लागि सबै तह प्रयात्नशील रहनुपर्ने डा. पौडेलको भनाइ छ । वर्तमान आयोग भविष्यको नेपालको परिकल्पना तयार गर्दै यस गौरवशाली निकायको जग तयार गर्ने दिग्गजहरूको काँधमा उभिने उपाध्यक्ष पौडलेको भनाइ छ । ‘हामीले योजना बनाएको भविष्य समावेशी, सहिष्णु, समतामूलक, समतामूलक र आधुनिक हुन्छ,’उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार