ओखलढुंगामा बालिका बलात्कारको आरोपमा ४ जना पक्राउ

ओखलढुंगा : जिल्लामा १२ वर्षीया बालिका बलात्कारको अभियोगमा ४ जना प्रकाउ परेका छन् । फरक-फरक समयमा बलात्कार गरेको अभियोगमा तीन जनालाई हिजो साँझ र एक जना आज विहान प्रकाउ परेका हुन् ।

प्रहरी प्रमुख डिएसपी सुखदेव खनालले हिजो पक्राउ पर्नेहरुमा सिद्धिचरण नगपालिका-३ का बर्ष ४० को पूर्णप्रसाद फुयाल, बर्ष ३१ का केवल भुजेल, बर्ष ३२ को डम्बर भुजेल रहेको त्यस्तै, वडा ३ कै ७६ वर्षीय बृद्ध फडिन्द्र प्रसाद दाहाललाई आज विहान प्रहरीले पक्राउ गरिएको जानकारी दिए ।

बालिकालाई ललाई फकाइ गरि चारै जनाले फरक फरक समयमा बलात्कार गरेको पीडित बालिकाको दाईले जाहेरी दिएपछि आरोपितहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बालिकाको स्वास्थ्य अवस्था सामान्य छ । बालिकाको स्वास्थ्य परीक्षण गरेपनि रिपोर्ट आउन भने बाकी छ । घटनाबारे सुक्ष्म रुपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, जिल्लाको चम्पादेवी गाउँपालिका-३ मा ढुंगाले किचेर एक बालकको ज्यान गएको छ । ढुंगाले किचेर ओत बहादुर श्रेष्ठका ६ बर्षीय छोरा भिम बहादुर श्रेष्ठको ज्यान गएको हो । घर नजिकैको भीरमा साथीहरुसंग चुथ्रो नामक फल खान गएका श्रेष्ठलाई माथिबाट आएको ढुंगाले किचेर ज्यान गएको प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी प्रमुख खनालले जानकारी दिए ।

ढुंगाले टाउकोमा गम्भीर चोट लागेर घाइते भएका श्रेष्ठको स्थानीय स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको हो । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार