आगामी वर्षबाट सरकारले सातवटै प्रदेशबाट पुस्तक छाप्‍ने

काठमाडौं : सरकारले आगामी वर्षबाट ७ वटै प्रदेशमा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको कार्यालय स्थापना गरी नयाँ पाठ्यपुस्तक छाप्ने व्यवस्था गर्ने भएको छ । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मंगलबार आव २०७९/८० को बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै पुस्तक छपाइलाई सहज बनाउन यस्तो व्यवस्था गर्न लागिएको बताएका हुन् ।

केही सांसद्हरुले जनक शिक्षा खारेज गर्नुपर्छ भनेर माग गरेपछि उनले दु:ख व्यक्त गरे । ‘यो सरकारको स्वायत्त निकाय हो,बलियो बनाउनु हामी सबैको दायित्व हो,अक्षम छ भने सवल बनाउन सहयोग गर्ने परिमार्जन गर्ने हाम्रो दायित्व छ,त्यसैले अब खारेज होइन ७ वटै प्रदेशमा कार्यालय स्थापना गरिने छ,’उनले भने ।

समयमा कागज आपूर्ति नहुँदा र स्थानीय तह निर्वाचनमा जनक शिक्षाका कर्मचारी खटिनुपर्ने भएकाले अहिले पुस्तक छपाइमा ढिला भएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार