खर्च विवरण बुझाउन उम्मेदवारहरुलाई निर्वाचन कार्यालय ओखलढुंगाको ताकेता

ओखलढुंगा : जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाले स्थानीय तह निर्वाचनका उम्मेदवारहरुलाई खर्च विवरण पेश गर्न ताकेता गरेको छ । निर्वाचन कार्यालयले आज एक सूचना प्रेसित गर्दै ताकेता गरेको हो ।

स्थानीय तह निर्वाचन नियमावली २०७३ को नियम ४० मा उमेदवार वा निजको निर्वाचन प्रतिनिधिले निर्वाचन अवधिमा निर्वाचनमा भएका सम्पूर्ण खर्चको विवरण परिणाम घोषण भएको ३० दिनभित्र जिल्ला निर्वाचन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था अनुसार राजनैतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुले खर्च विवरण पेश गर्नुपर्ने जिल्ला निर्वाचन अधिकारी प्रेम प्रसाद न्यौपानेले जानकारी दिए ।

उम्मेदवारी दिएका सबै उम्मेदवारहरुले तोकिएको ढाँचामा खर्च विवरण बुझाउन समेत न्यौपानेको आग्रह छ । स्थानीय तह निर्वाचनमा नगरपालिकाका मेयर र उपमेयरले ४ लाख ५० हजार, गाउँपालिका अध्यक्ष र उपाध्यक्षले ३ लाख ५० हजार रुपैया खर्च गर्न पाउने व्यवस्था छ । त्यस्तै, नगरभित्रका वडा अध्यक्षले २ लाख र गाउँपालिकाका वडा अध्यक्षले १ लाख ५० हजार खर्च पाउने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार