५ लाख परिवारलाई जग्गाधनी पूर्जा वितरणको काम हुँदै

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले ५ लाख परिवारलाई जग्गाधनी पूर्जा वितरण गर्नेगरी काम भइरहेको बताएकी छिन् । आज प्रतिनिधिसभामा आर्थिक बर्ष २०७९/८० को सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमाथि सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले यस्तो बताएकी हुन् ।

उनले करिब १४ लाख परिवार भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोवासीमध्ये सुकुम्वासी आयोगले आगामी वर्ष ३०० स्थानीय तहका ५ लाख परिवारहरूलाई जग्गाधनी पूर्जा वितरण गर्ने बताइन् ।

त्यस्तै, आगामी २ वर्षभित्र सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य राखी काम अगाडी बढाएको उनको भनाइ छ । उनीहरुको दीर्घकालीन समस्या समाधानको लागि राष्ट्रिय भूमि आयोग र जिल्ला समितिहरु गठन भई कार्य प्रारम्भ भैसकेको पनि उनले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार