प्रश्नपत्र हुबहु प्रकरण : छानबिन गर्न त्रिविले बनायो समिति गठन

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले परीक्षामा सोधिने प्रश्नपत्रका सम्बन्धमा छानबिन समिति गठन गरेको छ । रजिष्ट्रार तथा केन्द्रीय परीक्षा समितिका अध्यक्ष प्रा डा पेशल दाहालले यस सम्बन्धी छानबिन गर्न समिति गठन गरिएको जानकारी दिए ।

प्राध्यापक घनश्याम भट्टराईको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरिएको उनले बताए । उनका अनुसार छानबिन समितिले एक हप्ताभित्र प्रतिवेदन बुझाउने छ ।

मानविकी सङ्कायले यही जेठ १८ गते स्नातकोत्तर तह तेस्रो सेमेष्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ र जेठ २३ गते स्नातकोत्तर तहको राजनीतिशास्त्रको पहिलो सेमेस्टरको ‘इन्टरनेशनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार