सरकारलाई सभामुख सापकोटाको निर्देशन : मल उपलब्ध गराउन सबै सम्भाव्य उपाय अबलम्वन गर्नू

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले कृषकलाई मल उपलब्ध गराउन कुनै कसर बाँकी नराख्न सरकारलाई निर्देशन दिएका छन् । एमालेले संसदमा पेश गरेको विशेष प्रस्तावमाथिको छलफलपछि उनले यस्तो निर्देशन दिएका हुन् ।

उनले भने,‘कुल गार्हस्थ उत्पादनमा २५ प्रतिशत योगदान दिने कृषि क्षेत्रका समस्या समाधान गर्ने कार्यलाई प्राथमिकता दिँदै अत्यावश्यक रासायनिक मल कृषकलाई सहज रुपमा उपलब्ध गराउन सम्भाव्य सबै उपाय अवलम्बन गरी कार्य सम्पादन गर्न प्रतिनिधिसभाको यो बैठक नेपाल सरकारलाई निर्देश गर्दछु।’

खेतीको समयमा मल अभाव भएको भन्दै एमालेका प्रमुख सचेत विशाल भट्टराईले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ७८ बमोजिम संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार