अख्तियारको पत्रपछि मोहन्याल गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष उपाध्याय निलम्बित

काठमाडौं : कैलाली जिल्लाको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय अध्यक्ष पदबाट स्वतः निलम्बनमा परेका छन् । निर्वाचन आयोगले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशनात्मक पत्र पठाउँदै पदबाट स्वतः निलम्बनमा रहेकाले कुनै पनि अधिकारको प्रयोग गर्न नदिन अनुरोध गरेको छ ।

पत्रमा भनिएको छ,‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ बमोजिम भ्रष्टाचारको आरोपमा मुद्दा चलेकोमा सो मुद्दाको किनारा नभएसम्मको अवधिभर सार्वजनिक पदधारण गरेको व्यक्ति आफ्नो पदबाट स्वतः निलम्बन हुने भएकाले यसरी निलम्बनमा भएको व्यक्तिले त्यस्तो पदको कुनै पनि अधिकार प्रयोग गर्न मिल्ने नदेखिएको व्यहोरा निर्देशनुसार अनुरोध छ ।’

आइतबार नै उनलाई जिल्ला समन्वय समितिको निर्वाचनमा सहभागी नगराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन परेको थियो । नवनिर्वाचित अध्यक्ष उपाध्यायविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको भ्रष्टाचार मुद्दा विशेष अदालत काठमाडौंमा विचाराधीन छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार