प्रथम बलबहादुर राई स्मृती ब्याटमिन्टन प्रतियोगिता सम्पन्न

ओखलढुंगा : प्रथम बलबहादुर राई स्मृती ब्याटमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । मानेभञ्ज्याङ ब्याटमिन्टन क्लव र वडा-५ को आर्थिक सहयोगमा आयोजित प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा पुरुष १७ बर्ष मुनि एकलतर्फ आसिश खनाल प्रथम, सम्योग बस्नेत द्धितीय, किरन राई र विकास खत्री तृतीय भएको वडा-५ का अध्यक्ष रामकुमार राईले जानकारी दिए ।

विजेताहरुलाई क्रमश: नगद ६ हजार, ४ हजार र २ हजार, साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै,महिला युगलतर्फ तारा श्रेष्ठ र सावित्रा राई प्रथम, अस्मिका राई र निलम राई द्धितीय, पुजा मगर र माया राई, प्रेम राई र विनिता राईको समूहले तृतीय स्थान हासिल गरे ।

नगद १४ हजार, १० हजार र ३ हजार, साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । पुरुष युगलतर्फ आङ कुसाङ शेर्पा र गणेश ढुंगेल, ग्याल्जेन शेर्पा र लाक्पा शेर्पा द्धितीय सुवास थापा र विजयी खत्री, अुनज तामाङ र लाक्पा तेन्जीङ तामाङले तृतीय स्थान हासिल गरेका छन् । विजेताहरुलाई क्रमश: नगद २२ हजार, १४ हजार र ५ हजार ५ सयका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

राष्ट्रिय ब्याटमिन्टन संघका अनुपरत्न शाक्य, राजु देउजा, सुमित शाक्य र ओममणी बर्जाचार्यले निर्णयको भूमिका निर्वाह गरेका प्रतियोगितामा मानेभन्ज्याङ गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
गाउँपालिकाको कवर्डहलमा भएको प्रतियोगितामा विभिन्न जिल्लाबाट पुरुष युगलतर्फ २८ समूह, महिला युगलतर्फ ६ समूह र १७ बर्षमुनिका पुरुष एकलतर्फ १६ समूह सहभागि भएको समाजवादी खेलकूद महासंघका अध्यक्ष नेत्रबहादुर नेम्वाङले जानकारी दिए । यसैबीच, प्रजातान्त्रिक सेनानीको रुपमा ओखलढुंगाका नेता बलबहादुर राई चिनिन्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार